नवलपरासी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको बताएका छन्।
नेपाल प्रेस युनिय पश्चिम नवलपरासी शाखाद्वारा सोमबार प्रतापपुरस्थित गुठीप्रसौनीमा आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाए।
नेता पौडेलले सिके राउत र प्रधानमन्त्री केपी शर्मा ओलीले फरक-फरक अभिव्यक्ति दिएकाले सरकारले सिके राउतसँग गरेको सहमतिबारे वास्तविकता प्रष्ट पार्नुपर्ने बताए।
सरकारले सुनकाण्ड र निर्मला हत्या प्रकरणका दोषीलाई कारवाही गर्न नसकेको र शान्ति सुरक्षा, सुशासन र विकासको काममा पछि परेको बताए। रासस