काठमाडौँ - सुरक्षा फौजको कारवाहीमा आइतबार पुलवामा जिल्लाको ट्राल नगरमा तीन जना काश्मिरी पृथकतावादी लडाकूहरु मारिएका छन्।
घटनास्थलबाट दुई वटा एके-४७ राइफल र एउटा पिस्तोल बरामद भएको छ। खोजी कार्य जारी रहेको सेनाले जनाएको छ। आतङ्कवादी क्रियाकलापमा संलग्न व्यक्तिहरु रहेको आशंकामा सेनाले घेरा हाली खानतलासी शुरु गरेपछि केही समय भिडन्त भएको अधिकारीहरुले बताएका छन्।
गत मार्च ७ तारिखमा पनि सुरक्षा फौजको कारवाहीमा एक जना लडाकू हन्दवारामा मारिएका थिए। राज्य प्रहरीका अनुसार मारिएका उक्त व्यक्ति पाकिस्तानी नागरिक रहेका र प्रतिबन्धित संगठन जैस-ए-मोहम्मदसँग आबद्ध रहेका थिए। (एजेन्सी)