काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच तेस्रो शिखर वार्ताको तयारी थालिएको छ। यसअघि दुई पटक भेटिसकेका ट्रम्प र किमबीच तेस्रो शिखर वार्ताको तयारी थालिएको अमेरिकी अधिकारीले बताएका छन्।
एबीसी टेलिभिजनसँग कुरा गर्दै ह्वाइटहाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले उत्तर कोरियासँग तेस्रो पटक वार्ताको तयारी थालिएको जानकारी दिएका हुन्।
ट्रम्प र किमबीच पहिलो ऐतिहासिक वार्ता सिंगापुरमा र दोस्रो शिखर वार्ता भियतनाममा भएको थियो। पहिलो वार्तामा भएका सहमति कार्यान्वयनको आधार तयार पार्ने भनिए पनि भियतनामको वार्ता निष्कर्षविहिन भएको थियो। एजेन्सी