काठमाडौँ । शनिबार मुलुकका विभिन्न भागमा सम्पन्न भएका कार्यक्रम र घटनाका तस्वीर:
१. नेपाल कम्युनिष्ट पार्टी (नकेपा) ले शनिबार रौतहटको गरूडामा आयोजना गरेको प्रदेश नं २ स्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।
तस्वीर सौजन्य प्रधानमन्त्रीको निजी सचिवालय ।
२ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
तस्वीर : सौजन्य प्रधानमन्त्रीको निजी सचिवालय ।
३ नेपाल टे«ड युनियन काँगेस रामपुर नगरपालिका पाल्पाको प्रथम अधिवेशनबाट नवनिर्वा्चित पदाधिकारीहरु।
तस्वीर : सुशीला रेग्मी
४ नेकपाका महासचिव तथा पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल बुटवल उपमहानगरपालिका ११ ) वीनगर लन टेनिस कम्प्लेक्सको उद्घाटन कार्यक्रमालाई सम्बोधन गर्नुहुँदै ।
तस्वीरः भरत केसी
५. देवीनगरमा निर्माण गरिएको देबडीमालिका कला केन्द्र बाजुराले आयोजना गरेको प्रथम बडीमालिका बृहत् सांस्कृतिक कार्यक्रममा बाल कलाकार एआर बुढाथोकी र अशोक दर्जी गीत गाउँदै ।
तस्वीर : प्रेम रौले
६ दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा गरिएको सुस्त गतिमा मोटरसाइकल प्रतियोगितामा सहभागी हुँदै व्यवसायी । प्रतियोगितामा व्यवसायी मिनराज महरा प्रथम, सिवलाल वली द्वितीय, भिमसेन डाँगी तृतीय भएका थिए ।
तस्वीर: नवीन नेपाली
७. रुपन्देहीको सैनामैना नगरपालिकामा रहेकोे बाँसगढी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले शनिबार आयोजना गरेको पाचौं वार्षिक साधरणसभा तथा चौथो अधिवेशनमा बोल्दै सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की ।
तस्वीर: युवराज पाण्डे, खस्यौली,
८. राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) जिल्ला कार्यसमिति चितवनले शनिवार भरतपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै संयुक्तका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी ।
तस्वीर ः नारायण अधिकारी, चितवन
९. नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, बरिष्ठ नेता एवं भूतपूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेल प्राकृतिक चिकित्सालयको रुपमा परिचित म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्दै ।
तस्वीर: धु्रबसागर शर्मा, गलेश्वर (म्याग्दी)
१०. म्याग्दीको बेनीमा शनिबार नेपाली काँग्रेस म्याग्दीको नवनिर्मित पार्टी कार्यालय ‘विपि स्मृति’ भवन एवं आमसभाको उद्घाटन गर्दै नेका सभापति शेरबहादुर देउवा ।
तस्बिरः कमल खत्री, बेनी
११. कैलाली टीकापुर–३ घियामा शिब शक्ति धार्मिक ज्ञान महायज्ञ २०७५ शुरु भएको छ । कलश यात्रामा सहभागी थारु महिलाहरु ।
तस्बीरः दुर्गा देवकोटा लम्की
तस्वीरः दीपक बोहरा,लमही(दाङ
१२. ओखलढुंगाकी प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने विद्यालयमा विद्यार्थीलाई अनुशासन र कानुन सिकाउँदै ।
तस्वीरः पूर्णप्रसाद न्यौपाने, ओखलढुंगा
१३. कञ्चनपुरको भीमदत्तनगरमा शनिबारदेखि शुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय कराँते छनोट प्रतियोगिता–२०७५ को उद्घाटन गर्दै भीमदत्तनगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट ।
तस्वीरः शेरबहादुर सिंह, कञ्चनपुर,
१४. स्याङ्जाको वालिङमा वान्डरफुल पर्यटन विकास समिति द्वारा आयोजित एक सय किलोमिटर माउन्टेन साइकल प्रतियोगिताका सहभागीहरु । प्रतियोगितामा दुइ पटक सम्म विश्व च्याम्पियन बनेका क्यानडाका खेलाडी कोरी वालेस पनि सहभागी भएका छन ।

तस्वीरः हिमलाल पराजुली
१५. नेवारी वेशभूषामा सजिएका पाल्पा रामपुरका महिलाहरु ।
तस्वीरः सुशीला रेग्मी, पाल्पा