कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्म र संस्कृतिमाथि चौतर्फी रुपमा आक्रमण भैइरहेको प्रति चिन्ता व्यक्त गरेका छन्।
कञ्चनपुरको पुर्नवास नगरपालिका ‘क’ मा शनिबार आयोजना गरिएको अनुष्ठान कार्यक्रममा उनले हिन्दू धर्मको रक्षा भए मात्रै सद्भाव कायम हुने बताएका हुन्। विदेशीको इशारामा नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएको उनको आरोप छ।
जनभावनाको कदर गर्दै हिन्दूराष्ट्र कायम गरिनुपर्ने बताउँदै उनले हिन्दूराष्ट्रका पक्षमा जनताको बहुमत रहेकाले नेपाललाई हिन्दूराष्ट्र नै कायम गरिनुपर्ने माग गरे।
अध्यक्ष थापाले भने,‘नेपालमा बहुसङ्ख्यक हिन्दू बसोबास गर्दछन्, नेपाली जनताले राष्ट्र समृद्धिका लागि हिन्दू राष्ट्र चाहेका छन् ।’ रासस