काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’लाई पार्टीको नाम परिवर्तन गर्न सुझाव दिएका छन्।
ओलीले नेकपा महासचिव विप्लवलाई आफ्नो पार्टीको नाम परिवर्तन गरेर ‘लुटेरा समुह विप्लव’ राख्न सुझाव दिएका छन्। प्रधानमन्त्री ओलीले चन्दा आतंक मच्चाएर लुटेको भन्दै यस्तो सुझाव दिएका हुन।
प्रधानमन्त्री ओलीले चन्दा आतंक, हत्यालगायतका अपाराधिक क्रियाकलाप छाड्न आग्रह गरेका छन्। उनले भने,‘पार्टीको नाम नेकपा फेर्नुस्, हाम्रो पार्टीको नाम पनि नेकपा हो। बेइजत भइसक्यो।’ ओलीले गैरकानुनी क्रियाकलपा बन्द नगरे सरकारले शान्ति सुरक्षाका लागि कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन्।