काठमाडौं – काठमाडौंको बसुन्धरामा बम बिष्फोट भएको छ। नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीका अनुसार साँझ पौने आठ बजेतिर बम बिष्फोटन भएको हो।
बम बिष्फोटनबाट मानवीय क्षति नभएको सुबेदीले बताए। प्रहरी घटनास्थल पुगेसकेको र थप विवरण संकलन गरिरहेको उनले बताए।
वैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरनजिकै बम बिस्फोट हुँदा एक जना घाइते भएका छन्।
गुरुङकै घरमा भाडामा बस्ने मणिराम पौडेल घाइते भएका छन्। विस्फोटबाट बा१०च ६७८९ नम्बरको कार क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।