काठमाडौँ–स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा.सिके राउतले मधेशका समस्या समाधान गर्ने सन्दर्भमा भएको सहमतिले नेपालको राजनीतिक इतिहासमा ऐतिहासिक स्थान रहेकाले सबैलाई खुशी तुल्याएको बताएका छन्।
सरकारसँग राजनीतिक सहमति घोषणा कार्यक्रमलाई सम्बोधन गद उनले भने, ‘केही वर्षदेखि देशमा विकराल समस्याका रुपमा उठेको मुद्दाप्रति राज्य र हामी कसरी समाधान गर्ने भन्नेमा निकै चिन्तित थियौँ। यो विषय आज सहज, शान्तिपूर्ण र सुरक्षित रुपमा अवतरण भएको छ। आज यो दिन साँच्चिकै ऐतिहासिक रहेको छ।’
राउतले भने, ‘हामी बुद्धका सन्तान हौँ, अहिंसा हाम्रो भाव हो, गान्धी र बुद्धको आदर्श मान्दै आएका थियाँै, राज्यद्वारा दमन गरिए पनि हामीले कहिल्यै प्रतिशोध गरेनौँ, बरु दमन गर्नेलाई गुलावको फूल दिने अभियान चलाएका थियौँ । वर्तमान सरकारले सहमति गराएको छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्तरबाट मुद्दाको पक्षलाई बुझेर राजनीतिकरुपमा प्रयत्न र सन्देश प्रदान गरेको भनी त्यसका लागि ओली धन्यवादका पात्र भएको राउतले बताए। सकारात्मक सोचका आधारमा मुलुकलाई समृद्धितर्फ अघि बढाउन सबैलाई साथ र सहयोग पु¥याउने आग्रह पनि उनले आग्रह गरे।
उनले आफ्नो अधिकारको लागि आफूहरु लडेको उल्लेख गर्दै समुदाय समुदायबीच फाटो ल्याउने पक्षलाई स्थान नदिइ विकास, समृद्धि र सुख प्राप्तिको कामका लागि सबै लाग्न आग्रह गरे। (रासस)