काठमाडौँ – स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष सिके राउत छुट्टै मधेश राज्य अभियानबाट अलग भई अखण्ड नेपाल स्वीकार गर्ने भएका छन्।
स्वतन्त्र मधेसको एजेन्डासहित पृथकतावादी गतिविधि गरिरहेका उनी बिहीबार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। रिहा भएपछि उनले अब छुट्टै मधेश राज्य अभियानबाट अलग हुने र अखण्ड नेपाल स्वीकार गर्ने बताएका हुन्।
राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्नेछन् र राउतको स्वतन्त्र मधेश गठनबन्धनसमेत आजैबाट विघटन हुनेछ। त्यसका लागि आजै दिउँसो १ बजे राष्ट्रियसभागृहमा एक कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विटमार्फत जानकारी दिएका छन्।
https://twitter.com/TheRealKalamchi/status/1103866033293520896
उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने कार्यक्रम तय भएको बताइएको छ।