काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो वैवाहिक वर्षगाठका अवसरमा आर्थिक सहयोग गरेका छन्।
प्रवक्ता शर्माले चितवनको भरतपुरमा निर्माण हुने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
शर्माले कविता शर्मासँग विवाह भएको १६औं वर्ष पुगेको अवसरमा धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)लाई सहयोग हस्तान्तरण गरेका छन्। १६ वार्षिकोत्सवका अवसरमा क्रिकेट रंगशाला निर्माण गर्न १६ हजार रुपैयाँ कट्टेललाई हस्तान्तर गरे।
प्रवक्ता शर्माले धुर्मुस सुन्तली फाउण्डेशनले लिएर सामाजिक उत्तरदायित्व प्रेरणादायी रहेको टिप्पणी गरे।
प्रत्येक नागरिकले देश बनाउने कर्तव्य मेरो हो भन्ने सोचको विकास गरेमा नेपाल राष्ट्रलाई समृद्ध बनाउन धेरै समय नलाग्ने प्रष्ट पारेका छन्। उनले रंगशाला निर्माणका लागि सकेको सहयोग गर्न सबैमा आह्वान गरे।