काठमाडौँ। नेपालका एक नम्बर धनाड्य एवम् विश्वको अर्बपतिको सूचिमा रहेका विनोद चौधरीको सम्पत्ति २ खर्ब नाघेको छ। चौधरीको सम्पत्ति एक वर्षमै १.७ अर्ब डलर (२ खर्ब ३ अर्ब रुपैयाँ) ले वृद्धि भएको देखिएको छ।
बुधबार फोब्र्सले सार्वजनिक गरेको विश्वका धनीहरुको सूचिले यो कुरालाई देखाएको छ। चौधरीको नेतृत्वमा सिजि कर्प ग्लोबल सञ्चालनमा छ। उनको सम्पत्तिको ठूलो हिस्सा नेपालको नविल बैंंकमा छ। सिजिको पार्टफोलियोमा खाद्यान्ह, वियर, होटेलहरु र विद्युतिय सामग्री रहेका छन्।
गत वर्ष जस्तै यस वर्ष पनि विश्वकै धनिको सूचिमा अमेजन ग्रुपका संस्थापक ५५ वर्षीय बेजोस रहेको पत्रिकाले जनाएको छ। उनी विलगेट्स र वारेन भन्दा अगाडि परेका छन्। फेसबुकका संस्थापक मार्कजुकरवर्ग भने तीन स्थान तल खस्किएका छन्।