काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनको घोषणा गरेको छ। जिल्ला अदालत कैलालीले टीकापुर घटनामा रशेम चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएपछि राजपाले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।अदालतको फैसलाले राजपा स्तब्ध र मर्माहत बनाएको अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
दुई तिहाई हुँदाहुँदै संविधान संशोधन नगरेको, मधेस र थरुहट आन्दोलनका बन्दी रिहा नगरेको, मुद्दा फिर्ता नलिएको भन्दै उसले सरकार असफल भएको बताएको छ ।
‘सरकारलाई समर्थन दिइरहनुको औचित्य नरहकाले राजपा नेपालले केपी शर्मा ओलीको सरकारलाई दिइआएको समर्थन आजकै मितिबाट फिर्ता लिने निर्णय गर्दछ’ अध्यक्ष यादवले विज्ञप्तिमार्फत भनेका छन्।