भद्रपुर - प्रधानमन्त्री केपी शर्मा ओली झापा आइपुगेका छन्। ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्ने क्रममा उनी झापा आएका हुन्। प्रम ओली काठमाडौँबाट यती एयरलायन्सद्वारा यहाँ आएका थिए।
प्रधानमन्त्री ओलीलाई प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईलगायतले चन्द्रगढी विमानस्थलमा स्वागत गरेका थिए। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले इलाम, माई नगरपालिकास्थित सुखानी शहीद उद्यानमा आयोजना हुने ४६औँ सुखानी स्मृति दिवसलाई सम्बोधन गर्नेछन्।
सो कार्यक्रमलाई सम्बोधन गर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार नै विराटनगर गइसकेका छन्।
सुखानी घटनामा कम्युनिष्ट आन्दोलनकारी रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको पञ्चायती सरकारले विसं २०२९ फागुन २१ गते सुखानीको जङ्गलमा गोली हानी हत्या गरेको थियो।