काठमाडौँ –संसदीय सुनुवाई विशेष समितिको आज बसेको बैठकले चारवटा संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ।
कुनै पनि उजुरी नपरेपछि समितिकोे बैठकले थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी, समावेशी आयोगको अध्यक्षमा सान्तराज सुवेदी, वित्त आयोगका अध्यक्षमा बालानन्द पौडेल र मधेसी आयोगको अध्यक्षमा डा. विजयीकुमार दत्तको नाम अनुमोदन गरेको हो।
मुस्लिम आयोगमा प्रस्तावित अध्यक्षको नाम भने अनुमोदन हुन बाँकी छ। मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम प्रस्तावित गरिएको छ। अन्सारीको सुनुवाई पनि आज हुँदैछ। त्यसका लागि संसदीय सुनुवाई विशेष समितिले बैठक बोलाएको छ। अन्सारीविरुद्ध समितिमा उजुरी परेपछि सुनुवाई हुन सकेको थिएन।