काठमाडौँ–लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले हेलिकोप्टर दुर्घटनामा परि ज्यान गुमाएका सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीको मृत्युको दाबी रकम भुक्तानी गरेको छ।
अधिकारीको निवास पोखरा पुगेर एलआईसी नेपालको टीमले कम्पनीको नियम अनुसार परिवारजनलाई बिमाको मृत्यु दाबी रकम भुक्तानी गरेको हो।
अधिकारीकी पत्नी विद्या भट्टराईलाई १२ लाख ६९ हजार ५ सय रुपैयाँ बराबरको चेक एलआईसी नेपाल पोखरा शाखाका प्रमुख गिरीराज घिमिरेले हस्तान्तरण गरेका हुन्। ८ वर्षअघि ५ लाखको विजक आनन्द नामको जीवन बिमा अभिकर्ता रघुनाथ भण्डारीमार्फत मन्त्री अधिकारीले बिमा गरेका थिए।
जीवन बिमा धारकको असामहिक निधन वा दुर्घटनाबाट मृत्यु भएकोले बिमाको कानुनी व्यवस्थाअनुसार ५ लाखको बिमामा दुर्घटना ५ लाखकै र हालसम्मको बोनस गरि उक्त रकम हस्तानत्रण गरिएको हो।(रासस)