किशोर विश्वकर्मा
विराटनगर। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संघीय समाजवादी फोरमसँग भएको ३ बुँदे सहमतिअनुसार संविधान संशोधन गरिने स्पष्ट पारेका छन्।
सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले संविधान संशोधनको बाटो खुलेको जिकिर गरेका हुन्।
प्रचण्डले फोरमलाई सरकारमा सहभागी गराउँदा गरिएको ३ बुँदे सहमतिका आधारमा संविधान संशोधन हुने जानकारी दिए। उनले भने, ‘उपेन्द्रजीहरूसँग भएका ३ बुँदे सहमतिका आधारमा संविधान संशोधन गरिन्छ।’