काठमाडौँ – महाशिवरात्रि पर्वका अवसरमा राजधानीकाे पशुपतिनाथ, उपत्यकालगायत मुलुकभरका महादेवका मन्दिरहरूमा दर्शनार्थ भक्तजन तथा साधुसन्तहरूकाे भीड लागेकाे छ। यही क्रममा पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज (साेमबार) ५० हजार भक्तजन सहभागी भएका हुन्।
कामपा–३२ पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज देश–विदेशका साधुसन्त, योगी तथा भक्तजन सहभागी भएका छन्। मन्दिर संरक्षण समितिका प्रकाशजङ्ग रायमाझीले आज अपराह्नसम्ममा ५० हजार भक्तजनले नागेश्वरको दर्शन गरेको बताए।
मन्दिरमा भारतीय राजदूतावासका प्रथम सचिव केदारनाथ शर्मा पनि सहभागी भएका थिए। शिवरात्रिका अवसरमा यहाँ साधुसन्तहरूलाई निःशुल्क भोजन र जल तथा प्रसाद दिइएको बताइएको छ।(रासस)