काठमाडौं – राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
अध्यक्ष तिमिल्सिनाले शोक वक्तव्यमार्फत शनिबार राति उपचारको क्रममा ८२ वर्षको उमेरमा निधन भएका अधिकारीलाई श्रद्धाञ्जलि तथा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
तिम्सिनाले आइतबार बिहान नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए।
