बैतडी । पूर्वप्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको ‘जिपी कोइराला फाउण्डेशन’लाई बैतडीसहित सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा विस्तार गरिएको छ। नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले स्थापना गर्नुभएको सो फाउण्डेशनको सुदूरपश्चिमका सबै जिल्लामा शाखा विस्तार गरिएको हो।
सो फाउण्डेशनका सुदूरपश्चिम प्रदेश संयोजक चतुरबहादुर चन्दका अनुसार बैतडीमा विष्णुदत्त जोशीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा यज्ञराज पन्त, सचिवमा दशरथ चन्द र कोषाध्यक्षमा रिकेश बोहरा रहेका छन् ।
सदस्यमा बिष्णुदत्त अवस्थी, रामसिंह भण्डारी, तुलसी ठगुन्ना, सुरत पार्की, नरेशबहादुर चन्द, गणेश गडाल, लक्ष्मी चन्द शाह, कृष्णबहादुर चन्द र निर्मला अवस्थी रहेका छन् ।
यस्तै दार्चुलामा गजेन्द्रसिंह कार्की, डडेल्धुरामा भरत नेपाली, बझाङमा ध्रुवराज उपाध्याय, अछाममा यज्ञप्रसाद ढुङ्गाना, बाजुरामा तिलकराज पुरी, डोटीमा दुर्गा फुलारा, कञ्चनपुरमा भरत विष्ट र कैलालीमा यज्ञनिधि कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको छ ।
प्रत्येक जिल्लामा १३-१३ सदस्यीय समिति गठन गरिएको सुदूरपश्चिम संयोजक चन्दले जानकारी दिनुभयो । गिरिजाप्रसाद कोइरालाको निधनपछि प्रजातन्त्र, शान्ति र समृद्ध नेपाल बनाउने लक्ष्यकासाथ स्थापना भएको प्रतिष्ठानले देश तथा विदेशमा आफ्नो शाखा विस्तार गरिरहेको छ । रासस