काठमाडौं – पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको निधन भएको छ। पूर्वमन्त्री अधिकारीको तीन सातादेखि हृयाम्स अस्पतालमा उपचार भइरहेको थियो।
अस्पतालको उच्च श्रोतका अनुसार अधिकारीको शनिबार साँझ निधन भएको हो। यद्यपि, अस्पतालले नेता अधिकारीको निधन भएको औपचारिक घोषणा गरिसकेको छैन।
साँझ पाँच बजे पत्रकार सम्मेलन गरेर अस्पतालले अधिकारीका महत्वपूर्ण अंगहरुले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको बताएको थियो।