काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य वामदेव गौतमले स्व.रवीन्द्र अधिकारीको परिवारको सदस्यलाई उम्मेद्वार बनाउँने बताएका छन्। अधिकारीको निर्वाचन क्षेत्रमा गौतमले चुनाव लड्ने ईच्छा राखेको भन्दै कुप्रचार गरिएकाले आफ्नो विचार सार्वजनिक गर्नु परेको उनले उल्लेख गरेका छन्।
अधिकारीको अन्तिम संस्कार पोखरामा हुने भएपछि त्यसमा सहभागि हुन गएको तर रविन्द्रको निर्वाचन क्षेत्रवाट उम्मेद्वार वन्ने आशा राखेको कुप्रचार गरिएको गौतमको गुनसो छ। उनले आफू कुनै पनि हालतमा अधिकारीको निर्वाचन क्षेत्रमा चुनाव नलड्ने बताएका छन् । उनले स्व.अधिकारीकै पारिवारिक सदस्यलाई उम्मेद्वार बनाउने प्रयास गर्ने पनि बताएका छन् ।
नेता वामदेवले आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत स्टाटसमा उल्लेख गरेका छन्। स्व.रवीन्द्र अधिकारीको घटनालाई आधार बनाएर दिवंगत अधिकारी निर्वाचन क्षेत्रबाट आफू उम्मेद्वार बन्न लाग्यो भनेर आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन्।
नेता गौतमले फेसबुक स्टाटस मार्फत आफ्नो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरु गरिएको कुप्रचार मात्र भएको टिप्पणी गरेका छन्।
उनले फेशबुकमा लेखेका छन्, फेरी कुत्सित उद्देश्य प्रेरित कुप्रचार मेरा विरुद्ध शुरु भयो। नेपाली राजनितिक आकासमॉ उज्वल भविष्य सहित उदाएका मेरा प्रिय कमरेड रवीन्द्र अधिकारीको असामयिक निधनवाट ठूलो धक्का महसुस गर्दै श्रद्धान्जली दिन पोखरा पुगेको घटनालाई आधार बनाएर मलाई दिवंगत रविन्द्रको निर्वाचन क्षेत्रवाट उम्मेद्वार वन्ने आशा राखेको आरोप लगाइएको छ।
यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षडयन्त्रमूलक विचार राखेर शुरुगरिएको कुप्रचार मॉत्र हो।मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पुरा गर्ने विचार लाई मैले कहिल्यै मान्यता दिइन जीवनभर दिने पनि छैन। मेरो इच्छा विपरित पार्टीले निर्णय गरेछ भने पनि क। रवीन्द्रको निधनबाट खालि भएको निर्वाचन क्षेत्रमॉ उम्मेद्वार बन्ने छैन। मेरो सम्पूर्ण प्रयत्न स्व।क।रवीन्द्रको परिवार सदस्यलाई नै उमेदवार बनाउन लगाउने छु।
वामदेव गौतम
सदस्य, नेकपा के. सचिवालय
१८, ११, २०७५
https://www.facebook.com/BamdevGautaam/posts/2229500850440822