कैलाली। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त नहुने बताएका छन्।
नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, ‘गोदावरीको तेघरी जङ्गल मासेर राजधानी बनाउने कुरा उपयुक्त हुन सक्दैन।’ साथै उनले वर्तमान दुई तिहाईको सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाए।
प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सुदूरपश्चिमको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने प्रदेशसभाको निर्णयको स्वागत गरेका थिए। रासस