काठमाडौँ। भारत र पाकिस्तानबीच युद्धको अवस्था बनिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख खोलेका छन्। भियतनामको हनोईमा अमेरिकी राष्ट्रपतिले भारत र पाकिस्तानबीचको तनावको समाचार आफूले सुनिरहेको बताउँदै यसलाई चाँडै सुल्झाउने बताए।
ट्रम्पले अमेरिकाको मध्यस्थतामा यी दुई देशबीचको तनाव समाप्त हुने बताए। उनले अहिले पनि यी दुई देशबीच आफूले मध्यस्थता गरिरहेको खुलासा गरे।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘मलाई भारत र पाकिस्तानबीचको तनावको समाचार प्राप्त भइरहेको छ। दुवै देशमा पछिल्लो कयौँ समयदेखि तनाव जारी छ। हामी यस विवादलाई सुल्झाउन मध्यस्थता गरिरहेका छौँ। तनाव भए पनि मलाई राम्रो समाचार पनि मिलिरहेको छ। हामीलाई आशा छ लामो समयदेखि देखिएको यो तनाव चाँडै समाप्त हुन्छ।’(एजेन्सी)