काठमाडौं । काठमाडौँको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा धारिलो हतियार प्रहारबाट २२ वर्षीय युवकको मृत्यु भएको छ।
दाङको घोराही उपमहानगरपालिका–१७ घर भएका वसन्त कालाखेतीमाथि शुक्रबार बिहान करिब १० बजेतिर दुई जनाले धारिलो हतियारले आक्रमण गरेका थिए। गम्भीर घाइते भएका कालाखेतीको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिएका छन्। घटनामा संलग्न भएको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ का शेखर यादवलाई पक्राउ गरेको छ। घटनामा संलग्न भनिएका अर्का व्यक्ति भने फरार रहेका छन्। घटनाबारे थप अनुसन्धान गर्दै प्रहरीले होस्टलमा बस्ने अन्य ३–४ जनासँग समेत सोधपुछ गरिरहेको जनाएको छ।