काठमाडौं । रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रेम विसुंखे रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विसुंखेले मंगलबार आफ्नै घरमा महिलामाथि जबरजस्ती करणी गरेको आरोप छ। घटनापछि फरार भएका विसुंखेलाई प्रहरीले बुधबार रामेछापको तिलबारीस्थित मानिस नबस्ने एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार विसुंखे मजदुरी गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।