काठमाडौं । थुनामा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै उच्च पदस्थ व्यक्तिसँग आफ्नो सम्पर्क रहेको दाबी गरी अनुचित प्रभावमा पार्ने एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ घर भई ललितपुर बस्दै आएका ५४ वर्षीय जितबहादुर घले रहेका छन्।प्रहरीका अनुसार घलेले उच्च पदस्थ व्यक्तिहरूसँग आफ्नो सम्पर्क रहेको बताउँदै थुनामा रहेका व्यक्तिलाई छुटाइदिने आश्वासन दिएर अनुचित प्रभावमा पार्ने प्रयास गरेका थिए।घलेलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत अभद्र व्यवहारसम्बन्धी कसुरमा म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।