काठमाडौँ । भारतीय प्रधानसेनापति धिरज सेठ नेपालको औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका छन्।
चार दिने भ्रमणका लागि नेपाल आएका भारतीय प्रधानसेनापति सेठ आइतबार अपराह्न ४ः१५ बजे एयर इन्डियाको नियमित विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
भ्रमणका क्रममा प्रधान सेनापति सेठले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, उनले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता गर्ने छन्।
सन् २०२६ जुन ३० मा भारतीय सेनाको ३१ औँ प्रधानसेनापतिको कार्यभार सम्हालेका सेठलाई नेपाल र भारतबीचको परम्परा अनुसार नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्न लागिएको हो।
नेपाली सेनाका प्रवक्ता (सहायक रथी) राजाराम बस्नेतका अनुसार सोमबार राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने छन्। सोमबार नै सेनाध्यक्ष सेठ जङ्गी अड्डामा आयोजना हुने ायचmब िकार्यक्रममा सहभागी हुने छन्।
नेपाल र भारतका सेना प्रमुखहरूलाई एक–अर्का देशमा मानार्थ महारथीको उपाधि दिने परम्परा सन् १९५० देखि चल्दै आएको छ। यस भ्रमणले दुई देशका सेनाबीचको ऐतिहासिक एवं सुमधुर सम्बन्धलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।