काठमाडौँ । पर्साको वीरगन्जबाट प्रहरीले ५०.७ ग्राम ब्राउन सुगरसहित दुई जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पकाहा मैनपुर गाउँपालिका–४ का २४ वर्षीय सम्साद देवान र बिन्दवासिनी गाउँपालिका–५ का २२ वर्षीय सनप्राज शेख रहेका छन्। प्रहरीका अनुसार भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको ‘अनटेष्ट’ नम्बर प्लेट भएको मोटरसाइकललाई वीरगन्ज महानगरपालिका–१५ मा रोकेर जाँच गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर बरामद भएको हो। लागूऔषधसहित मोटरसाइकल नियन्त्रणमा लिएर दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।