काठमाडौँ। प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी परिसर, काठमाडौँमा श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ। सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले पुष्टि गरेका छन्।
प्रहरीका अनुसार जाहेरीमाथि अनुसन्धान अघि बढाउने क्रममा श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो।