काठमाडौँ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुरको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी रामेश्वर त्वातीका अनुसार आपसी विवादका क्रममा ढोरपाटन नगरपालिका–५ का २५ वर्षीय अर्जुन घर्तीले चक्कु प्रहार गर्दा ढोरपाटन–७ का ४० वर्षीय अशोक खत्रीको घटनास्थलमै मृत्यु भएको हो। घटना मंगलबार राति भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घर्तीलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालत बागलुङमा उपस्थित गराएको जनाएको छ।