काठमाडौँ । सिराहाको गोलबजारबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।
गोलबजार नगरपालिका वडा नं. ७ बाट १८ वर्षीय शिव प्रसाद राय कुर्मीको साथबाट लेखिएको १३ बोतल प्रतिबन्धित औषधि र एक थान मोबाइल बरामद भएको छ। सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नं. ७ दुर्गा मन्दिर नजिकबाट १८ वर्षीय शिव प्रसाद राय कुर्मीलाई पक्राउ गरेको छ।
सिराहाकै मिर्चैया नगरपालिका वडा नं. ८ निवासी कुर्मीलाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको सेतो बोरा भित्र लुकाइराखेको लेखिएको १३ बोतल प्रतिबन्धित औषधि र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।त्यसैगरी, गएराति ९स्०० बजेको समयमा गोलबजार नगरपालिका वडा नं. ८ पुरानो चोहर्वाबाट २३ वर्षीय जय कुमार नायक पक्राउ परेका छन्। गोलबजार नगरपालिका वडा नं. ६ निवासी नायक पैदल आउँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार उक्त पदार्थ प्लाष्टिकसहित ६ ग्राम १४ मिलिग्राम र प्लाष्टिक बाहेक ४ ग्राम ५७ मिलिग्राम रहेको छ। पक्राउ परेका दुवै जनालाई हाल इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।