वीरगञ्ज । हवाई इन्धन चोरीको आरोपमा पेट्रोल पम्पका सञ्चालकसहित ७ जना पक्राउ परेका छन् ।
वीरगञ्ज महानगरपालिका–१४ स्थित सौदागर पेट्रोल पम्पमा हवाई इन्धन चोरी भइरहेको आरोपमा सञ्चालकसहित ७ जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार पम्पमा हवाई इन्धन चोरी भइरहेको सूचनाका आधारमा गरिएको जाँचका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेकामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।