काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किने तयारीमा रहेका बेला उनी विरुद्ध कुनै कानुनी मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता अविनारायण काफ्लेले देउवाविरुद्ध मुद्दा वा पक्राउ पुर्जी रहे–नरहेको विषयमा रेकर्ड हेरिरहेको बताएका हुन् ।
देउवा साउन २६ गते नेपाल फर्किने तयारीमा छन् । देउवा लामो समयदेखि विदेशमा बस्दै आएका छन् ।