काठमाडौँ । नेपाल सरकारले नेपाली सेनाको नयाँ तलबमान सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालय, बजेट तथा कार्यक्रम महाशाखाले साउन १ गतेदेखि लागू हुने गरी नेपाली सेनाका विभिन्न दर्जाका सैनिकहरूको नयाँ तलब र सुविधा निर्धारण गरेको हो ।
नयाँ तलबमानअनुसार नेपाली सेनाको सर्वोच्च पद प्रधान सेनापतिको मासिक तलब स्केल ९० हजार ५ सय ९४ रुपैयाँ कायम गरिएको छ। प्रधान सेनापतिको सुरुवाती तलब ८४ हजार ९ सय ३२ रुपैयाँ रहेकोमा दुई ग्रेड थप भएपछि यो रकम कायम भएको हो।
त्यस्तै, रथीको कुल तलब ८७ हजार ८५ रुपैयाँ र उपरथीको ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।


