काठमाडौं – सरकारले पर्यटनमन्त्री रबिन्द्र अधिकारीको निधनमा बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ।
मन्त्रिपरिषदको आकस्मिक बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको निधनको शोकमा बिहीबार राष्ट्रिय शोकको घोषणा गरेको छ।
देशभर र विदेशस्थित कुटनीतिक नियोगहरुमा सार्वजनिक बिदा दिइने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए।
मन्त्रिपरिषद बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानवीनका लागि चार सदस्यीय समिति गठन गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पर्यटन मन्त्रालयका सचिवको संयोजकत्वमा चार सदस्यीय छानवीन समिति गठन गरेको छ।
बैठकले मन्त्री अधिकारीको शव काठमाडौं ल्याएपछि उनको राजकीय सम्मानका साथ बिदाइ गर्ने भएको छ। साथै मन्त्री अधिकारीको राजकीय सम्मानका साथमा अन्त्येष्टि गरिने भएको छ।