काठमाडौं । प्रधानमन्त्री बालेन शाह र प्रधानसेनापति अशोकराज सिग्देलबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच मंगलबार भेटवार्ता भएको हो ।गोकर्णेश्वरस्थित सैनिक ब्यारेकमा रास्वपा सांसद राजुनाथ पाण्डेले डोजर लगाएर सेनाको ब्यारेकका पर्खाल भत्काउन खोजको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
नेपाली सेनाका क्पाप्टेनले यहाँ ब्यारेक रहेको भन्दै पत्र ल्याएर मात्रै काम अघि बढाउन भनेको भिडियोमा सुनिन्छ । तर पाण्डेले भने डोजर नरोकिने भन्दै डोजर चलान निर्देशन दिएको सुनिन्छ ।
यही घटनापछि प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट हुनुलाई त्यसैको असर रहेको रुपमा पनि अर्थ्याइएको छ । तर यसबारे नेपाली सेनाले भने औपचारिक रुपमा केही बोलेको छैन ।