काठमाडौं । काठमाडौं उपत्यकामा नियम उल्लङ्घन गर्ने ९ सय ३९ वटा सवारीसाधनका चालकहरूलाई ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा कारबाही गरेको छ।
मंगलबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४१ जना, सिसीटिभीमार्फत ४३ जना र रातोबत्तीको इशारा उल्लङ्घन गर्ने ५३ जना चालकहरू कारबाहीमा परेका छन्।
यसैगरी, निर्धारित गतिभन्दा तीव्र गतिमा सवारी चलाउने ८७, हर्न निषेध क्षेत्रमा हर्न बजाउने १८, लेन अनुशासन पालना नगर्ने (लेन क्रस) ३४, सवारीको मेकानिकल अवस्था ठिक नभएका २८ र एकतर्फी (वन–वे) सडकमा नियम विपरीत सवारी हाक्ने २८ जना चालकहरूमाथि कारबाही गरिएको छ।
यस्तै अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने ६ सय ७ जना चालकहरूलाई पनि आवश्यक कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।