काठमाडौँ । सुनसरीबाट सुरु भएको प्रदर्शन मधेसका जिल्लामा फैलिएपछि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
प्रहरी र सशस्त्रका कार्य विभाग हेर्ने दुई जना एआईजीहरुलाई जनकपुर पठाइएको छ।
सशस्त्र प्रहरी बलका एआईजी गणेश ठाडामगर र नेपाल प्रहरीका हिमालय श्रेष्ठलाई जनकपुर पठाइएको हो । दुवै जना जनकपुर पुगिसकेका छन् ।
मधेस प्रदेशको सप्तरीदेखि पर्सासम्म उच्च सुरक्षा सतर्कता अपनाइएको छ । बारा र पर्सामा समन्वय गर्ने गरी प्रहरी प्रधान कार्यालयका एसएसपी होबिन्द्र बोगटीलाई पठाइएको छ ।
बोगटी प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत थिए ।