काठमाडौँ – हेलिकोप्टर दर्घटनामा परेर मृत्यु भएका संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री रबिन्द्र अधिकारी प्रति नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले हृदय स्पर्शी शोक विज्ञप्ती जारी गरेका छन्। प्रवक्ता शर्माले बुधबार पाथीभरा देवीको दर्शन गरेर फर्किने क्रममा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका मन्त्री अधिकारीसँगै जीवन गुमाएका सबैको आत्मा शान्तिको कामना गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन्।
उनले शोक विज्ञप्तिमा भनेका छन्, ‘राजनैतिक रूपमा मेरा आदरणीय साथी रबिन्द्र व्यक्तिगत रूपमा एकै परिवारका सदस्यझैँ थिए। कल्पना सम्म गरेको थिइन यी मिलनसार मित्र रविन्द्रले यसरी अकस्मात विदाई लिनेछन् भनेर, उनको निधनले मर्माहत छु, अत्यन्तै दुख लागेको छ।’
शर्माले विद्यार्थी राजनीतिक जिवनको स्मरण गर्दै भनेका छन्, ‘रबिन्द्र अधिकारी कुनैबेला अनेरास्ववियुको अध्यक्ष छँदा म नेपाल विद्यार्थी संघको सभापति थिएँ। दरबार हत्याकाण्ड लगत्तै नेपालको विद्यार्थी आन्दोलनलाई सानातिना विमतिबाट माथी उठाएर ञलोकतन्त्रका सवालमा सम्पुर्ण एकताझ को निर्माणमा अर्को अनेरास्ववियुका अध्यक्ष मित्र राजेन्द्र राई र म संगै रविन्द्रजिको सकृय भुमिका स्मरण गरिरहेको छु।’
https://twitter.com/bishwaprakash77/status/1100727413779152903
https://www.facebook.com/nepalicongresshq/posts/1311113172374571