काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ खुला प्रतियोगिताबाट पदपूर्ति गरिने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको लागि आह्वान गरेको छ ।
यस अघि २१ सिटको लागि विज्ञान खोलिएपनि पछि थप ८ सिट थपिएसँगै अब कुल २९ जना इन्स्पेक्टर खुला प्रतिस्पर्धाबाट भर्ना गरिने भएको हो ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार २०८२ मंसिर २६ गते प्रकाशित विज्ञापनमा थप गरिएको यो पद सङ्ख्या सम्मानित सर्वोच्च अदालतको परमादेश कार्यान्वयनका लागि समायोजन गरिएको हो।
प्रहरीका अनुसार आर्थिक वर्ष २०७९/८० मा समावेशी समूहअन्तर्गत समावेश हुनुपर्ने तर छुटेका वास्तविक पदहरूको क्षतिपूर्ति स्वरूप ८ पद थप गरिएको हो। सर्वोच्च अदालतको आदेशअनुसार ती पदहरूलाई हालको विज्ञापनमा समेटिएको जनाइएको छ।
