काठमाडौं। कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।
सामाजिक सञ्जालबाट भ्रम फैल्याएको भन्दै राधिकाले दिइएको उजुरीका आधारमा वेदिकालाई पक्राउ गरिएको हो । साइबर ब्युरोको टोलीलेले केसीलाई बिहीबार जोरपाटीबाट पक्राउ गरेको प्रवक्ता एवम् एसपी दिलीप कुमार गिरिले बताए ।
वेदिकाले खासगरी हिन्दु र सनातन धर्ममा रहेको विकृतिको भण्डाफोर गरिरहेको दाबी गर्थिन् । त्यस्तै उनले कथित धामी र माताहरूविरुद्ध पनि बोल्दै आएकी थिइन् ।