काठमाडौँ । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडास्थित सिमखर्कमा एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।
प्रहरीका अनुसार ३८ वर्षीय कृष्ण पन्धाकले नाताले बुहारी पर्ने छिमेकी ५२ वर्षीया रुपा कन्दङवामाथि धारिलो हतियार प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानअनुसार सामान्य विवादका क्रममा घटना भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। हत्या आरोपित कृष्ण पन्धाक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।