काठमाडौं । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आइजीपी)दान बहादुर कार्कीले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर ठगी तथा सीमापार अपराध नियन्त्रणका लागि आवश्यक विश्वव्यापी सहकार्य, सूचना आदानप्रदान र प्रभावकारी अन्तर्राष्ट्रिय समन्वयका विषयमा गहन छलफल तथा अनुभव फलदायी भएको बताएका छन् ।
थाइल्यान्डको बैंककमा सम्पन्न ‘द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’ कार्यक्रममा सहभागी भएका आईजीपी कार्कीले यस्ता साझा प्रयासहरूले अन्तरदेशीय अपराध नियन्त्रणमा थप प्रभावकारी नतिजा हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बताएका हुन् ।
सम्मेलनले बदलिँदो सुरक्षा चुनौतीहरूको प्रभावकारी सम्बोधनका लागि अन्तर्राष्ट्रिय निकायहरूबीच सहकार्य, समन्वय र साझेदारीलाई अझ सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको विश्वास गरिएको छ।
एफबीआई प्रमुख काश पटेलको प्रमुख आतिथ्यतामा ‘द रिजनल समिट अन स्क्याम सेन्टर कम्पाउन्ड्स एन्ड ट्रान्सनेसनल अर्गनाइज्ड क्राइम’ सम्पन्न भएको थियो ।