काठमाडौँ । स्कुटर चोरीमा संलग्न व्यक्ति पक्राउ परेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ चुकुपुलबाट स्कुटर चोरी भएको घटनमा संलग्न रहेको अभियोगमा काठमाडौं गोकर्णेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका–४ घर भएका ३१ वर्षीय माइते सिं स्याङ्तानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
सूर्यविनायक नगरपालिका–८ चुकुपुलबाट साउन १ गते राति बा.प्र.०२–०६४ प ६६६८ नम्बरको स्कुटर हराएको भन्ने पीडितको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त कार्यमा संलग्न स्याङ्तानलाई सूर्यविनायक नगरपालिका–१ सल्लाघारीबाट चोरी भएको स्कुटर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।