काठमाडौं- काठमाडौंको कुलेश्वर क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना नेपाली र अर्का भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कुलेश्वर पुल नजिक उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा अवस्था तनावपूर्ण बनेपछि दुई राउण्ड गोली चलाइएको थियो। ब्यूरोका इन्स्पेक्टर राकेश यादव नेतृत्वको टोली उक्त अपरेशनमा खटिएको थियो।
ब्यूरोका प्रमुख एसएसपी सुवासचन्द्र बोहोराका अनुसार, पक्राउका क्रममा चलाइएको गोलीबाट भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।
प्रहरीले उनीहरूको साथबाट ठूलो परिमाणमा औषधिजन्य लागुऔषध बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ भने विस्तृत विवरण सार्वजनिक हुन बाँकी रहेको प्रहरीले जनाएको छ।