काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संयुक्त राष्ट्रसंघ (यूएन) शान्ति मिसनमा भाषा दक्षताको महत्त्वबारे आयोजित उच्चस्तरीय छलफलमा सहभागिता जनाएका छन्।
संयुक्त राष्ट्रसंघका शान्ति सञ्चालनसम्बन्धी उपमहासचिव जीन पियरे लाक्रोआसहितको प्यानलमा सहभागी हुँदै आईजीपी कार्कीले "भाषा सशक्तीकरणको माध्यम: भाषा तालिममार्फत संयुक्त राष्ट्रसंघीय शान्ति मिसनलाई थप प्रभावकारी बनाउने"
विषयमा आफ्नो धारणा राखेका हुन्।
छलफलमा संयुक्त राष्ट्रसंघीय प्रहरीका अधिकारीहरूले भाषा दक्षताले स्थानीय समुदायसँग प्रभावकारी संवाद, विश्वास अभिवृद्धि, शान्ति सैनिकबीच समन्वय तथा शान्ति मिसनको समग्र प्रभावकारिता बढाउन महत्वपूर्ण भूमिका खेल्नेमा जोड दिएका थिए।
विश्वका प्रमुख शान्ति सैनिक तथा प्रहरी योगदानकर्ता मुलुकमध्ये नेपाल पनि एक भएकाले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाप्रति आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउन भाषा तालिममा लगानी आवश्यक रहेको आईजीपी कार्कीले बताएका छन्। आईजीपी कार्की संयुक्त राष्ट्र संघ (युएन)को कार्यक्रममा सहभागी हुन आईतवार आज साँझ अमेरिका गएका थिए ।