काठमाडौं । संयुक्त राष्ट्र संघ (युएन)को कार्यक्रममा सहभागी हुन नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की इन्टरपोलको कार्यक्रममा भाग लिन आज साँझ कतार एयरवेजको फ्लाईटबाट दोहा प्रस्थान गर्ने भएका हुन् ।
आईजीपी अमेरिका जाने भएपछि नेपाल प्रहरीमा एआईजी राजन अधिकारीलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।
आईजीपी संयुक्त राष्ट्र संघको आयोजनामा हरेक वर्ष हुने ‘चिफ अफ पुलिस समिट’मा अमेरिका जान लागेका हुन् । यस्तै सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल पनि अमेरिका प्रस्थान गर्नेछन् ।
संयुक्त राष्ट्र संघका सदस्यहरु भएका देशका प्रहरी प्रमुखहरु सहभागी हुने यो कार्यक्रममा पिस किपिङका बारेमा छलफल हुन्छ । त्यहाँ आफ्नो योजनाहरु प्रस्तुत गर्ने र त्यसलाई शान्ति स्थापनाका लागि लागु गरिन्छ । यो कार्यक्रम अमेरिकामा जुलाई ५ देखि ७ सम्म तीन दिन चल्ने बताइन्छ ।