ताप्लेजुङ – ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित सातै जनाको निधन भएको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट नेकपाका महासचिव विष्णु पौडेलले दुर्घटनामा हेलिकोप्टर सवार सातै जनाको निधन भएको बताएका हुन्।
यसैगरी, नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले पनि घटनामा सातै जनाको निधन भएको पुष्टि गरेको छ।
ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।
दुर्घटनामा ज्यान गुमाउनेहरु
रविन्द्र अधिकारी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
आङछिरिङ शेर्पा : यती एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका स्वकीय सचिव
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
ध्रुवदास भोछिभया : इञ्जिनीयर, नेपाल नागरिक उड्डयन प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी