काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई सरुवा गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
एआईजी उमाप्रसाद चतुर्वेदीलाई सीआईबी प्रमुख बनाईएको छ भने डा. मनोजकुमार केसीलाई अपराध अनुसन्धान विभाग, सुशीलसिंह राठौरलाई काठमाडौं उपत्यका कार्यालय, ईश्वर कार्कीलाई मानवस्रोत विभाग, सिद्धीविक्रम शाहलाई अपरेशन विभाग, राजन अधिकारीलाई प्रशिक्षण प्रतिष्ठान,डम्बरबहादुर विकलाई प्रशासन विभाग र हिमालय श्रेष्ठलाई प्रदेश समन्वय विभागमा सरूवा गरेको हो ।