काठमाडौं । बाँके प्रहरी प्रमुख एसपी अंगुर जीसी उत्कृष्ट अनुसन्धान अधिकृत बनेका छन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालयले एसपी जीसीलाई अनुसन्धान रणनीति, व्यवसायिक उत्कृष्टता प्रस्तुत गरेको भन्दै उत्कृष्ट अनुसन्धान अधिकारीको पुरस्कारले पुरस्कृत गरेको हो ।
जीसीलाई मंगलबार प्रदेश प्रहरी कार्यालय लुम्बिनीले एक विशेष कार्यक्रममार्फत सम्मान प्रदान गरेको हो ।
जीसीलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी भुपेन्द्र खत्री तथा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख एआईजी सुशील सिंह राठौरले सम्मापनपत्र प्रदान गरेका थिए ।